सबै मिलेर विपत्तिको सामना गरौँः मेयर पोखरेल

सिन्धुली । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेले  बाढी पहिरोको विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न सबैमा आह्वान गरेका छन् ।
कमलामाई नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मेयर पोखरेलले अविरल वर्षाले निम्त्याएको विपद्प्रति दुःख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।
संकटमा परेका नागरिकको उद्धार, पुन:स्थापना क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा लाग्न  आग्रह गरेका छन् ।
उनले भने, ‘ अविरल वर्षाले सिन्धुली सिन्धुली पनि अछुतो रहेन । सिन्धुलीको  उत्तरी क्षेत्रहरू सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा बाढी पहिरोले धेरै नै क्षति गरेको छ । छिमेकीकोमा चाहिँ विपत्ति आयो, तर मेरोमा चाहिँ आएन  भनेर बस्ने  हाम्रो मानसिकता छ । यो प्रकृतिले निम्त्याएको विपत्ति हैन, यो हामीले नै निम्त्याएको  हो । हाम्रै विकास मोडलले निम्त्याएको हो। त्यसैले सबैको साझा चुनौती हो, मिलेर सामना गरौँ।’

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर