विपद् प्रभावितको उद्धार तथा राहतमा जुट्न, अनेरास्ववियु बागमतीको निर्देशन

सिन्धुली। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पहिरोबाट प्रभावितको उद्धार तथा राहतमा जुट्न कमिटी र नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
बागमती प्रदेश अध्यक्ष लाल बहादुर बुढाथोकीले विज्ञप्तिमार्फत संगठन पङ्क्तिमा उक्त निर्देश गरेका हुन् ।
अनेरास्ववियुले बागमती प्रदेश कमिटीको समन्वय तथा प्रभावित जिल्लाहरूको सम्बन्धित कमिटीहरूको आयोजनामा प्रभावित जिल्लाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने साथै राहत वितरण गर्ने, भत्किएको घर, विद्यालय, सडक सार्वजनिक स्थल सरसफाइ गर्ने, सडकमा अलपत्र परेका तथा बिचल्लीमा परेकाहरूको उद्धार गर्न प्रत्येक जिल्लाबाट कम्तीमा जम्मा ५० जनाको दरले ५०० जना स्वयंसेवक परिचालन गर्न निर्देशन दिएको छ ।
त्यसैगरी कुनै पनि विपद् लक्षित कार्यक्रम बाहेकका औपचारिक शुभकामना आदान प्रदान कार्यक्रम, सभा, सम्मेलन दशैं अगाडी सम्मको लागि स्थगित गर्न गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । भने यात्रुहरू बाटोमा अलपत्र परेको समाचार आइरहेका छन् मुख्य राजमार्गहरूमा मातहत कमिटीलाई स्वयम सेवककीय भूमिका खेली उद्धार तथा राहतमा जुट्न समेत निर्देशन दिएको छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया