बाढी-पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्ड बनाउन सुरु

सिन्धुली । अविरल वर्षाका कारण बाढी पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी खण्ड बनाउन सुरु गरिएको छ ।
शुक्रवारदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका-६ हैबार अक्कर भीर, हैबारबेंसी, बलेली, कुखुरे टार, काली आँप र कुँडुले, मुर्कीबेसी, फिक्कल गाउँपालिकाको सुन्दामबेसी,नवलपुर, निगुरेखोला, पञ्चकन्या र थोल्मेघाट लगायत विभिन्न दर्जन बढी स्थानमा पहिरो खस्दा राजमार्ग अवरोध भएको थियो ।
ओखलढुङ्गा, सोलुखुम्बु,खोटाङ, भोजपुर र उदयपुरको राजधानी काठमाडौँ सँग जोडिने मुख्य मार्गको रूपमा रहेको खुर्कोट-घुर्मी खण्ड पूर्ण रूपमा अवरुद्ध बनेपछि आज बेलुकीबाट बनाउन सुरुवात गरिएको एमाले नेता प्रदीप कटुवालले जानकारी दिए ।
उनले माईशिर डटकम सँग भने, ‘ हामी लोकमार्गको खुर्कोट तर्फबाट एक्स्काभेटर लगाएर बनाउन थालेका छौँ । बाटो बाढी र पहिरोले धेरै न पुरेको बगाएको छ । त्यसैले एक /दुई दिन भित्र एकतर्फी भए पनि सञ्चालनमा ल्याउने गरी विभिन्न निकायहरूसँग समन्वय गरेर लागेका छौँ ।’ चार्ड पर्व पनि आइसक्यो यो धेरै जिल्लाका नागरिकहरूको लाइफलाइनको रूपमा रहेको छ । त्यसैले हामीले जति सक्दो छिटो सञ्चालनमा ल्याउनु पर्छ नेता कटुवालले बताए ।
त्यसै गरी सिन्धुलीको फिक्कल गाउँपालिकाले मध्यपहाडी राजमार्ग अन्तर्गत खाङ्साङ- घुर्मी खण्डको बाढी पहिरोले अवरुद्ध सडक पन्छाउन सुरु गरेको छ ।गाउँपालिकाको जेसीबीले घुर्मीतर्फबाट सडक बनाउँदै खुर्कोटतर्फ आउने गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया