वीपी राजमार्ग तत्काल खुलाउन गणेश पहाडी सहित एमाले नेताहरूको ध्यानाकर्षण

काठमाडौं । रोशी र सुनकोशीको बाढीले तहसनहस पारेको वीपी राजमार्ग तत्काल सन्चालनमा ल्याउन नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

पूर्वी र मध्य नेपाललाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग दशैंअघि नै सुचारु गर्न भौतिक पुर्वाधार मन्त्री देवेन्द्र पौडेलले पहल गरेको जवाफ एमालेलाई दिएका छन् ।

पूर्व मन्त्री गणेश पहाडी,एमाले वागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल,उदयपुर २ का सांसद अमरवहादुर रायमाझी कमल चौलागाई,पूर्व सांसद यज्ञराज सुनुवारका साथै एमाले नेताहरु माधव ढुंगेल,रत्न गौतम,लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा,वागमती प्रदेशका पूर्व मन्त्री शान्ति प्रसाद पौडेललगायतको टोलीले सोमवार मन्त्री दाहाललाई भेटेर दबाबा दिएको हो ।

वीपी राजमार्ग तत्काल यातायात सन्चालन गर्नेगरी बनाउँन र जिल्ला जोड्ने सडक तथा बगेका पुलहरुको ठाउँमा वैकल्पिक व्यवस्था गर्न मन्त्री र सडक विभागका महानिर्देशकलाई एकै ठाउँमा राखेर आग्रह गरिएको भेटमा सहभागी ओखलढुंगा इन्चार्ज यज्ञराज सुनुवारले बताए ।

मन्त्री दाहालले राजधानीको लाइफलाइन समेत रहेको वीपी राजमार्गको भत्किएको भाग आजैबाट निर्माण गरेर नदीको वहाव डाइभर्ट गरेर भने पनि यातायात सन्चालनको काम थाल्न विभागलाई निर्देशन दिएका छन् ।

रोशीको बाढीले वीपी राजमार्गको सय मिटरभन्दा बढी भाग कटान गरेपछि काठमाडौं आउने बाटो बन्द छ । खुर्कोटको पक्की पुल भत्किएका कारण रामेछाप,दोलखा,ओखलढुंगालगायतका जिल्लाको सडक सम्पर्क समेत अवरुद्ध भएको छ ।

खोटाङ,उदयपुर,सिन्धुली र रामेछापका नेताहरुले मन्त्री दाहाललाई भेटेर वीपी राजमार्ग तुरुन्तै खुलाउन तथा खैरेनिघाट र खुर्कोटको पुल पुनःनिर्माणको लागि र मध्यपहाडी लोकमार्ग संचालन गर्न आग्रह गरेको एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठले बताए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर