विपद व्यवस्थापनमा असफल भएको भन्दै, काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

काठमाडौं । काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।

 

विपद् व्यवस्थापनमा असफल भएको भन्दै काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो । धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेका उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाई प्रमुख जिल्ला अधिकारी रहेका थिए ।

 

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सञ्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । धादिङ–काठमाडौँ सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फ बीपी लोकमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर