नेपालथोकमा बाढी फसेकाहरूलाई हेलिकप्टरबाट उद्धार

सिन्धुली । अविरल वर्षा सँगै आएको  रोशी खोला बाढीले बिपी राजमार्गका ठाउँ–ठाउँमा कटान गरेसँगै सयौँ जना अलपत्र परेका छन् ।

रोशीको बाढीले सिन्धुलीको नेपालथोकमा फसेका  ३४  जनालाई साँझ ६ बजे हेलिकप्टर मार्फत धुलिखेल पठाइएको छ ।

यात्राका क्रममा फसेका सिन्धुलीको सुनकोशी गाउँपालिका-१ गजुलि दहबाट  १ विदेशी नागरिक सहित ३४  जना बालबालिका, बृद्बवृदा र  अशक्त बिरामीहरूलाई  नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख सेनानी बद्री कँवरले जानकारी दिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर