अलपत्र यात्रुहरूलाई सिन्धुलीतर्फ फर्काउँदै छौँ- शर्मा
 
 													सिन्धुली । सिन्धुलीमा बाढी पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई सिन्धुलीतर्फ ल्याउन सुरु गरिएको छ ।
बिपी राजमार्गको खुर्कोट- नेपालथोक सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात आवागमन ठप्प भएपछि अलपत्र परेका यात्रुहरूलाई सिन्धुलीतर्फ फर्काएर ल्याउन थालिएको छ ।
रोशी खोलाको बाढीले बगाएर बिपी राजमार्ग धरै नै क्षति बनाएपछि काठमाण्डौं हिँडेका अलपत्र खुर्कोट देखि नेपालथोकसम्म रहेका यात्रुहरूलाई अवरुद्ध बाटो निर्माण गरेर सिन्धुलीतर्फ फर्काउन थालिएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।
रोशीखोलाको बाटो बन्न समय लाग्ने भएकाले बिचमा अलपत्र यात्रुहरूलाई सिन्धुलीसम्म ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल साथै स्थानीय सरकार र सरकारी गैरसरकारी कार्यालयको सहयोगमा उद्धार कार्य भइरहेको प्रजिअ शर्माले बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
 
फेसबुक प्रतिक्रिया