सुनकोशी र रोशीकोबीचमा फसेका ३३ जनाको २४ घण्टापछि उद्दार

सिन्धुली । सिन्धुलीको दुम्जास्थित कुशेश्वर महादेव परिसरमा अलपत्र परेका संस्कृत गुरुकुलका बटुक र शिक्षकहरूको करिब २४ घण्टापछि उद्धार गरिएको छ ।
सुनकोशी गाउँपालिकास्थित आदिलिङ्ग कुशेश्वर मन्दिर परिसरमा रोशीको बाढी पसेको थियो ।
बाढीले सबैतिरबाट घेरेपछि नदीबीचमा फसेका गुरुकुलका कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट शनिवार साँझ उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले माईशिर डटकमलाई जानकारी दिए ।
सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत बटुक र शिक्षक बाढीको बीचमा फसेको प्रजिअ शर्माले बताए ।
मन्दिरको पछाडि सुनकोशी नदी र अगाडी रोशी खोलाको बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेका थिए । अहिले उनीहरुलाई गजुलीदहमा सुरक्षित ठाउँमा राखिएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया