बाढीले फसे रोशी र कोशीको बिचमा ३ शिक्षक २८ विद्यार्थी

सिन्धुली । बिहीबार रातिदेखि परेका अविरल वर्षाका संगै आएको बाढी कारण ले रोशी र सुनकोशी नदी बिचमा ३ शिक्षक र २८ विद्यार्थी सहित ३१ जना फसेका छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका -१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द राज काफ्लेले जानकारी दिए ।
मन्दिरको पछाडि सुनकोशी नदी र अगाडी रोशी खोलाको बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको प्रहरीले जनाको छ । एसपी काफ्लेले अहिले शिक्षक र विद्यार्थी मन्दिरमा सुरक्षित रहेको र पानीको सतह बढ्दै गएमा नेपाली सेनाको सहयोगमा हेली बाट उद्धार गर्न समन्वय भइरहेको बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया