नेकपा एसका सहसचिव नेपाल मूलघर फर्किए…

सिन्धुली । पार्टी विभाजनको समयमा नेकपा एकीकृत समाजवादी पुगेका एमाले सिन्धुलीका नेता रमेश नेपाल पुनः एमालेमा फिर्ता भएका छन् ।
नेकपा (एमाले ) स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा.राजन भट्टराईले सिन्धुली जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकको अवसरमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सिन्धुली जिल्ला कमिटी उपसचिव रमेश नेपाल टिका खादा लगाएर स्वागत गरेका हुन् ।
एमाले जिल्ला इन्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्यहरू गणेश कुमार पहाडी, विश्वमलाल अधिकारी, सुवास देवकोटा, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ सहितका नेताहरूले एमालेमा स्वागत गरेका थिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया