विश्व आत्महत्या रोकथाम दिवस सिन्धुलीमा अन्तरक्रिया

सिन्धुली । विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

कार्यक्रममा सिन्धुली अस्पताल सिन्धुलीकी मेडिकल अधिकृत अपर्ना कार्कीले आत्महत्या भनेको के हो, यसका लक्षण, यसको अवस्था, कानुनी प्रावधान, रोकथामका उपायहरु र समस्या तथा चुनौतीको बारेमा प्रस्तुतीकरण दिएकी थिइन् ।

सिन्धुली अस्पताल, एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) की घटना व्यवस्थापक सुनिता शर्माले ओसिएमसि स्थापना भएदेखि हासम्म २ हजार १ सय ८१ जनाले सेवा लिएको बताइन् । ती मध्ये ओसिएमसिमा काउन्शिलिश्रका लागी फलोअपमा आईरहेका सेवाग्राहीको संख्या १ हजार ४ सय १० रहेको छ । मानसिक तथा मनोसामाजिक समस्या भई उपचार पाएका तथा औषधी सेवन गरिरहेका सेवाग्राहीको संख्या १ सय ४५ जना रहेको र १ सय ४५ जना मध्ये फलोअपमा रहेको सेवाग्राहीको संख्या १ सय २३ रहेको उनले जानकारी दिइन् ।

आत्महत्या वा आत्महत्याको सोच आएका निशुल्क टोल फ्रि नम्बर ११६६ मा सम्पर्क गरि परामर्श लिन सकिने छ । कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए, हाम्रो वरिपरि भएको कोही व्यक्तिले त्यस्तो व्यवहार देखाए, आत्महत्याको प्रयास गर्दागर्दैको अवस्थाबाट उनीहरूलाई बचाउने उद्देश्यले सरकारले उक्त हेल्पलाइन सुरु गरेको हो । बागमती प्रदेशमा २०८० / ८१ मा ९ सय ७७ जनाले आत्महत्या गरेका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर