ग्वाल्टारमा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

सिन्धुली । विशेषज्ञ सेवासहितको बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल काठमाडौँ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा गोलन्जोर गाउँपालिकाको व्यवस्थापन र नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको समन्वयमा शिविर सञ्चालन हुने भएपछि सिन्धुली सहित रामेछाप र ओखलढुंगा जिल्लाका सेवाग्राहीले समेत सेवा उपभोग गर्न पाउनेछन्।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वाल्टारमा भदौ २८ र २९ गते सञ्चालन हुने शिविरमा विशेष गरी विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी तथा नशा रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, जनरल सर्जरी, मनोरोग सेवा, बाल रोग, फेमिली मेडिसिन, फिजियोथेरापी र इ.सी.जी. सेवा प्रदान गरिने गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले जानकारी दिए ।
त्यसैगरी भिडियो एक्स-रे, औषधी वितरण (फार्मेसी सेवा), रगत परीक्षण (ल्याब सेवा) साधारण शल्यक्रिया सेवा धेरै रोगहरूको उपचार हुनेछ।
गाउँपालिकाका स्वास्थ्यकर्मीले समेत शिविरमा सघाउनेछन्। शिविर सञ्चालन हुने मितिमा बिहान ८ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ। शिविर पूर्ण रूपमा निःशुल्क हुनेछ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया