दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा नेपाली

सिन्धुलीमाढी । राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा पत्रकार बुद्ध नेपाली चयन भएका छन् ।
संघको आज सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्ष सुनिता विश्वकर्मा, सचिवमा गंगा विशुन्के, सह-सचिवमा आस्था विश्वकर्मा र कोषाध्यक्षमा विशाल संतशकर चयन गरिएको छ । जसको सदस्यहरूमा देवीका विश्वकर्मा र ग्रिस्मा दियाली रहेका छन ।
त्यस्तै अधिवेशनले संघका निवर्तमान अध्यक्ष बलबहादुर नेपाली (राजन), बुद्ध कुमार आछामी, बविता परियार र प्रतिमा विसीलाई केन्द्रीय पार्षद र बलबहादुर विश्वकर्मा, राज दियाली, सन्देश भित्रीकोटी, विनु विक, सिता रम्तेल र मनोज भित्रीकोटीलाई प्रदेश पार्षदमा चयन गरेको छ ।
अधिवेशन केन्द्रीय सदस्य राजन गाउँलेको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष बलबहादुर नेपाली (राजन) को अध्यक्षतामा सम्पन्न भएको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया