गुनासोका चाङ मात्रै थुपार्ने महिला ‘लिडर’ बन्न सक्दैनन्- भुजेल

सिन्धुली । बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेल ‘आस्था’ ले नेतृत्वमा पुगेका महिला गुनासोका चाङ मात्रै थुपार्ने महिला लिडर बन्न नसक्ने बताएकी छिन् ।

सिन्धुलीमाढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै, प्रदेशसभा सदस्य भुजेलले आफू नेतृत्वमा बस्ने, जबाफदेही नबन्ने र प्रश्न मात्र गरिरहने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।

सहभागी महिला नेतृहरूलाई नेतृत्वमा पुगेपछि तपाईँ आफैँ कतिको जबाफदेही बन्नुभएको छ ?  भनेर प्रश्न समेत गरिन् । उनले विभिन्न संस्था र निकायको नेतृत्व गरिरहेका महिलाले अब सधैँ सरकारलाई प्रश्न तेर्स्याइरहने हैन, जबाफदेही बन्नुपर्ने बताइन् । ‘परिचय गर्दा म पालिका सदस्य, म वडा सदस्य, म पार्टीको सदस्य भनेर गर्छौँ । तर आफू पदमा बसेर प्रश्न मात्रै सोध्ने मात्रै  होइन त्यसको जवाफ पनि दिन सक्नुपर्छ ।’  उनले भनिन् ।

दलको नेतृत्वले रोस्ट्रममा आएर समस्याहरूको समाधान हुन नसक्ने भएकाले भन्दै रोस्ट्रममा गुनासोका चाङ मात्रै थुपार्ने लिडर बन्न सक्दैन सांसद भुजेले भनिन् ‘लिडरले सधैँ समस्या, गुनासो मात्रै पोख्ने हैन ।  निराश बन्ने हैन । आशावादी बन्नुपर्दछ । ’  जसले पहिलो कुरा आफूमा दृढ विश्वास र संकल्प गर्छ उसले मात्रै प्रगति गर्न सक्ने उनको भनाइरहेको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर