सभामुख घिमिरेले गरे, टीआरसी विधेयक प्रमाणित

सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छ्न् ।
संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक सभामुखबाट बुधबार प्रमाणित गरिएको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।
सभामुखबाट प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया