हाइलेक्स गाडी सुनकोशी नदी बाहिर निकालियोः ३ जना अझै बेपत्ता

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तरगत सिन्धुलीमा हाइलक्स गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको छ ।

खोटाङ हलेसीबाट काठमाडौंतर्फ फर्कदै गरेका इसुजु हाइलेक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा हिजो साँझ खस्दा तीन यात्रु बेपत्ता भएका छन् ।

गाडीबाट हाम्फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराउनुभएको हो ।

सुनकोशी नदीमा खसेर वेपत्ता हुनेहरुमा भक्तपुर सुर्यविनायक नगरपालिका जगतीका अविन बडे, सोही ठाउँका प्रनित स्यागु र बलराम घटुवा छन् ।

दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरसहित १० जनाको टोली खटिएको थियो ।

रातिका समयमा उद्दारमा कठिनाइ भएको थियो । आज बिहानैबाट खोजी सुरू गरेको गोताखोरले हाइलेक्स गाडी नदीको पानीबाट बाहिर निकालेको छ । गाडीमा कुनैपनि शब फेला नपरेको र नदीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर