सुनकोसीमा खस्यो हाइलेक्स, तीन बेपत्ता

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलेकस गाडी अनियन्त्रित भई सुनकोशी नदिमा खस्दा तीन जना बेपता भएका छन् ।
खोटाङको हलेसीबाट भक्तपुर फर्कदै गरेको सुजुकी हाइलक्स गाडी साँझ ५ बजे सुनकोशीमा खस्दा भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका ३२ वर्षिय अबिन बदे, ३० वर्षिय प्रनित स्यागु र ३७ वर्षिय बलराम घटुवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
उपरिक्षक काफ्लेका अनुसार गाडीमा सवार चार जना मध्य २७ वर्षिय सुसान्त कक्षपति प्रहरीको सम्पर्कमा रहेको र उनी मध्यम घाईते भएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया