दुम्जाबाट चोरीको मोटर साइकल सहित दुई पक्राउ

सिन्धुली । सिन्धुली प्रहरीले चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ  गरेको छ ।

बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका-१ दुम्जाबाट चेक जाँच गर्दा चोरीको मोटरसाइकल सहित रौतहटको बोधिमाई नगरपालिका १ बस्ने १९ वर्षीय बिशम्बर साह कलवार र रौतहटको बोधिमाई नगरपालिका ८ का १८ वर्षीय सुरज कुमार गोसाईलाई पक्राउ गरेको हो ।

काठमाडौँबाट सिन्धुली आउँदै गरेको बा.प्र.०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकल चोरी भएकाले नियन्त्रणमा थप अनुसन्धानको लागी ललितपुरको प्रहरी वृत्त सात दोबाटो पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर