सिन्धुलीबाट खसी चोर्न रामेछाप पुगेका सुनुवार पक्राउ

मन्थली। सिन्धुलीबाट खसी चोर्न रामेछाप पुगेका गोपीलाल सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।
रामेछाप नगरपालिका-४ का वीर बहादुर मगरको खोरबाट ३ वटा खसी चोरेको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिका -२ का गोपीलाल सुनुवारलाई पक्राउ गरिएको हो ।
खुर्कोट प्रहरीको समन्वयमा पक्राउ गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सुनुवारलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया