सिन्धुलीमा बोलेरो दुर्घटना : तीन जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीमा बोलेरो दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान ९.२२ को समयमा गोलन्जोर गाउँपालिका ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो चियाबारीमा दुर्घटना हुँदा दई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हनेमा गोलन्जोर गाउँपालिका ६ नाकाजोली बस्ने ४२ बर्षीय पृथ्वी भुजेल, सोहि ठाउँका ४५ बर्षीय उदय बहादुर मस्राङ्गी मगर र ३५ बर्षीय पवन मस्राङगी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब कुमार कटुवालले जानकारी दिए ।

यस्तै, दुर्घटनामा परि ११ जना घाईते भएका छन् । घाईते ११ जना मध्ये नाकाजोलीका ३२ बर्षीय टिका जंग र्राइ, २२ बर्षीय उदय लुङ्गेली मगर, १७ बर्षीया मेनुका मगर र ३७ बर्षीय हिमाल परियालाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी धुलिखेल रिफर गरिएको जनाईएको छ ।

नाकाजोलीमै बस्ने १८ बर्षीया जिना श्रेष्ठ, ४७ बर्षीया धनमाया वाईबा, २४ बर्षीया लिला मगर, २२ की समिना मगर, १९ बर्षीया बन्दना कोईराला, ५६ बर्षीय राजन प्रसाद कोईराला र क.न.पा ५ की ७८ बर्षीया डम्मर कुमारी कार्कीको भने सिन्धुली अस्पतालमै उपचार भईरहेको प्रहरी निरीक्षक कटुवालले जानकारी दिए ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर