फोनिज रजत वर्षमा सिन्धुलीका पत्रकार नवीन श्रेष्ठ सम्मानित

सिन्धुलीमाढी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेश समितिको २५ औँ स्थापना दिवस एवम् रजत वर्ष समारोहमा सिन्धुलीका पत्रकार नवीन श्रेष्ठ सम्मानित भएका छन् ।

बागमती प्रदेश समितिले सिन्धुलीमाढीमा आयोजना गरेको  २५ औँ स्थापना दिवस तथा रजत वर्ष समारोहमा सिन्धुलीलाई आधार भूमि बनाएर पत्रकारितामा क्रियाशील  फोनिज सिन्धुलीका निवर्तमान अध्यक्ष समेत रहेका बागमती प्रदेश प्रकाशन विभाग प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो ।

उनलाई नगद र प्रमाणपत्र सहित उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले सम्मान गरेकी हुन ।

श्रेष्ठलाई फोनिजको अभियानमा सशक्त भूमिका निर्वाह गरेको र नेपाली पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फोनिज बागमतीले सम्मान गरेको हो । फोनिज बागमतीको आयोजना तथा फोनिज सिन्धुलीको समन्वयमा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको थियो ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर