गौतम होटलका सञ्चालक हिरा गौतमले महायज्ञमा १० लाख बढी सहयोग गरे

बर्दिबास । ‘हाम्रो माया घर निर्माण’का लागि बर्दिबास गौतम होटलका सञ्चालक हिरा गौतमले १० लाख सहयोग गरेको छन् ।

भवन निर्माणार्थ सहयोग जुटाउन जारी शिव पुराण महायज्ञमा होटलका सञ्चालक गौतम सहित बुबा नरहरि गौतम र आमा छल माया गौतम १० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका महायज्ञका सचिव चेत कुमार थापाले जनाए ।

महायज्ञ संयोजक समेत रहेका समाजसेवी हिरा गौतमले हाम्रो माया घर बन्नुपर्छ भने उद्देश्य का साथ सहयोग गरिएको बताए ।

शुक्र वारसम्म शिव पुराण महायज्ञमा २ सय ६९ भक्तजनहरूबाट ४६ लाख ४९ हजार ३ सय ३२ रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर