एमाले सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा [ को-कहाँ]
![एमाले सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापा [ को-कहाँ]](https://www.maishir.com/wp-content/uploads/2024/08/uml_sindhuli.jpg)
सिन्धुली। नेकपा (एमाले) को सिन्धुली जिल्ला इन्चार्जमा मनोज जंग थापा चयन भएका छन्।
नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले मनोज जंग थापालाई सिन्धुली जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ ।
त्यस्तै यस अघि रामेछाप जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्य गणेश कुमार पहाडीलाई सिन्धुली प्रतिनिधीसभा क्षेत्र नं.१ र विश्वमलाल अधिकारी दनुवारलाई क्षेत्र नं.२ को इन्चार्जको जिम्मेवारी तोकेको छ।
अन्य केन्द्रीय सदस्यहरू निर कुमारी दर्लामी प्रदेशसभा २ (१) , कमल जंग राई प्रदेशसभा २(२) , सुवास देवकोटा प्रदेशसभा १(१) र उमादेवी कोइराला प्रदेश सभा १ (२) को इन्चार्ज तोकिएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया