गोलन्जोर गाउँपालिका-६ मा वडाको सबै सेवा टोलमै

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ ले वडाको टोल टोलमै पुगेर सेवा प्रवाह सुरु गरेको छ ।
वडावासीको सहजताका लागि वडा कार्यालयले वडाका सबैलाई पायक पर्ने विभिन्न ५ टोल/ टोलमा पुगेर एकीकृत घुम्ती सेवा शिविर मार्फत सेवा प्रवाह गरेको छ ।
बिहीबार हैबार गाउँबाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर २२ गते सम्म टोल टोलमा पुगेर सकिने वडाध्यक्ष रविन कुमार श्रेष्ठले माईशिर डटकमलाई जानकारी दिए ।
घुम्ती शिविर १८ गते नाकाजोली, २० गते छेत्पा, २१ गते घोक्सिला र २२ गते मगर बेसीमा वडा कार्यालयबाट प्रवाह हुने वडा कार्यालय प्रशासनिक सेवा, मालपोत सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य परीक्षण लगायत आधारभूत स्वास्थ्य सेवा तथा पशु उपचार सेवा दिइने वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया