हाँडीखोलाले बगाउँदा ४ वर्षीय  बालक मन्जिलको मृत्यु

चकमके।  सिन्धुलीमा   हाँडीखोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।

जिल्लाको तीनपाटन गाउँपालिका -११ मा रहेको हाँडीखालाले बगाउँदा सोही  गाउँपालिका -४ लुभु बस्ने कमल तामाङ  र विमला तामाङको करिब चार वर्षका छोरा मन्जिल तामाङको  हाँडीखोलाले बगाउँदा मृत्यु भएको हो।

हाँडी खोलाको दोभानमा ल्याई ढुङ्गामा अडकी रहेको अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि  प्रहरी स्थानीयको सहयोगमा खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए।

लाम्पान्टार स्वास्थ्य केन्द्रमा बुधवार अपराह्न चार  बजे पुर्‍याइएको थियो। तर चिकित्सकले  मृत घोषणा गरेका थिए। बालकको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर