सहकारी ठगीमा एमाले नेता केबी उप्रेती पक्राउ

काठमाडौँ ।नेकपा एमालेको प्रभावशाली नेता समेत रहेका राष्ट्रिय सहकारी विकास वैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन । सहकारी ठगीको अभियोगमा उप्रेती पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भुपेन्द्र खत्रीले पुष्टि गरे । उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिव समेत हुन् ।
उप्रेतीलाई काठमाडौंको बालाजुबाट महाराजगन्ज बृत्तको टोलीले पक्राउ गरेको हो । उप्रेतीले ३० हजार भन्दा बढी बचत कर्ताको ८ अर्ब बढी रकम अपचलन गरेको अभियोग लागेको छ । यसअघि भारतमा लुकीछिपि बस्दै आएका उप्रेती एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सूचना पाएपछि सार्वजनिक भएका थिए । बुधबार नै एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको केही समयमा उप्रेती पक्राउ परेका छन ।
आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीले ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत अपचलन गरेको भनेर प्रहरीमा उजुरी परेको छ । उप्रेती सहकारीमा विकृतिको बिजारोपण गर्ने अगुवाको रूपमा समेत चिनिन्छन । नियम विपरित सहकारीको पैसा परिचालनका मास्टरमाइन्ड मानिने उप्रेतीले लगानी नै गर्न पाउने क्षेत्रमा सबैभन्दा बढी रकम लगानी गरेका छन ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया