सिद्धेश्वर खानेपानीको बक्यौता ७० लाख, नतिरे धारा काटिने
 
 													सिन्धुलीमाढी। सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको बक्यौता करिब ७० लाख उठान बाँकी रहेको छ।
सिन्धुली सदरमुकाम समेत रहेको कमलामाई नगरपालिका -४,५,६ र ७ वडमा खानेपानी वितरण गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले आज पत्रकार सम्मेलन गर्दै  करिब ७० लाख रुपैयाँ बक्यौता रकम उठ्न  बाँकी रहेको बताएको छ।
बक्यौता मतिर्नेमा जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय देखि पत्रकार महासंघसम्म रहेका छन्। हाल ६६ लाख ८० हजार १ सय ६७ रुपैयाँ बक्यौता रकम रहेको छ।बक्यौता रकम नतिर्नेमा सरकारी कार्यालयको बक्यौता १८ लाख ५८ हजार ९ सय २० रुपैयाँ , संघ संस्थाको बक्यौता रकम ५लाख ८९ हजार ८५ रहेको छ,भने व्यक्तिगत बक्यौता रकम रु ४२ लाख ३२ हजार १ सय ६२ रहेको छ।
पहिलो चरणमा श्रावण मसान्त सम्ममा पनि बक्यौता रकम बुझाउन समय दिएको छ। यदि समयमा बक्यौता रकम नतिरे दोस्रो चरणमा २०८१ साल भाद्र महिनाबाट ग्राहकको नाम सहित पत्रपत्रिकाहरूमा सार्वजनिक गर्ने र सो समय भित्र पनि बक्यौता महसुल नबुझाए कुनै पनि समयमा धारा काट्ने जनाएको छ।
						माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
 
फेसबुक प्रतिक्रिया