व्यावसायिक फोटोग्राफी बन्न मन्त्री तामाङको सुझाव

हेटौडा। बागमती प्रदेश उद्योग, वाणिज्य,भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सिप सिकेर व्यवसायीका फोटोग्राफी बन्न आग्रह गरेकी छिन् ।
स्वतन्त्र विद्यार्थी युनियनले हेटौँडा बहुमुखी क्याम्पसमा फोटोग्राफी तालिमको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
हजार शब्दले बयान गर्न नसक्ने कुरा एउटा फोटोले पूर्ण रूपमा बताउँछ, त्यसैले प्रविधिको जवानमा फोटोग्राफी सिप आवश्यक भएको मन्त्री तामाङले बताइन्।
आजको युग सुहाउँदो सिप नहुँदा, जुन क्षेत्रमा निरुत्साहित हुनु पर्ने भएकाले “अब विद्यार्थीहरूले जीवनमा आयआर्जनको माध्यम बनाउनु पर्दछ। ” त्यसैले फोटोग्राफी सिके पछि यसलाई पेसामा रूपान्तरण गर्न आग्रह गरिन्।
हेटौडा क्याम्पस स्ववियू सभापति अभि मैनालीको सभाध्यक्षमा भएको कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोख्रेल हेटौडा क्याम्पसका प्रमुख देवीराम लामा क्याम्पसका विद्यार्थीहरूको उपस्थिति रहेको थियो । तालिम एक साता सम्म चल्ने छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया