पहिलो भेट

पहिलो भेट भेटसँगै हात हल्लाउँदै छाडेका मधुर मुस्कान त्यो मुस्कानमा मेरो नजर अड्किँदाको पल सम्झिदा,आफैसँग म आफै लजाउन थाल्छु । राम्रोसँग उसलाई हेर्न पनि सकिरहेको थिइन लाजले निहुरिएको मेरो शिर, लाज लाई जबरजस्ती छोप्न खोज्ने म !
के छ ?
प्रश्न आयो…..बोली फुट्न सकेन मेरो।
उ चाहिँ मलाई हेरेर हाँसिरहेको थियो।मैले सर्माउँदै उ माथि यसो नजर लगाए, हाँस्दा कति राम्रो देखिने साइडमा थोरै बाङ्गिएको दाँत साँच्चै सारै राम्रो देखिएको थियो। मिलेको ज्यान हेरिरहे फेरि हेरिरहन पनि त सकिन!
यसरी प्रत्यक्ष न मैले उसलाई देखेको थिए, न उसले मलाई नै देखेको थियो। म कहाँको मान्छे,उ कहाँ को मान्छे । आजसम्म हाम्रो भेट्ने कुनै डेटिङ स्थल नै थिएन । त्यही एउटा फेसबुक थियो जहाँ हामी भेटिन्थ्यौ,संसार भुल्थ्यौ,आफै-आफै रमाउथ्यौँ । एक किसिमले भनौँ फेसबुक हाम्रो भेटिने,छुटिने डेटिङ स्थल थियो।
यसरी आज भेटेर पाएको यस किसिमको आनन्दबाट हामी दुवै खुशी थियौ। लाग्दै थियो यो साथमा हुँदा जस्तो खुशी फेसबुकमा कहाँ रहे छ र…………॥ऽऽ
हामी एक अर्कालाई नभेट्दै पनि खुब माया गर्न थाली सकेका थियौ। एक अर्काको दुःखमा दुःखी हुने थियौँ, अनि खुशीहरू सँगै साट् थियौँ। यही त हो माया, यही त हो प्रेम ।आफैले आफैलाई मन मनै सोध्दै थिए, फेसबुकका भित्तामा रङ्गिएका उसको फोटाहरूलाई मात्र प्रेम गर्ने भए सायद म आज आउने थिइन होला ? भेट्न अनि उ पनि त त्यति टाढा बाट आउने थिए होला ?
मैले गरेको छु,
प्रेम मात्र तिमिलाई,
तिम्रो मुस्कानलाई,
तिम्रो बिचारलाई,
आनीबानीलाई पनि त!
मलाई परेको दुःखले र पीडामा जब तिमीमा निराशा,नैराश्य र आफ्नोपनको बादल छाउँछ, हो त्यो बादललाई गर्छु प्रेम। छिनछिनमा मेरा बारेमा जब सोधी रहन्छौ, खोजी रहन्छौ, हो त्यो केयरलाई गर्छु प्रेम । साँच्चै म धेरै गर्छु तिमीलाई प्रेम। राम्रोसँग चिनेको,सधैँ देखेको,भेटेको र वास्तविक प्रेमको आनन्द महसुस गरेका कतिपय भाग्यमानी प्रेम जोडिहरुको प्रेम अकाल्पनिक र अवास्तविक हुन्छ……तर कहिल्यै नदेखेको,नचिनेको,नजानेको मान्छेसँग बसेको हाम्रो प्रेम त्यही माथि यति धेरै बुझ्ने मान्छे तिमीलाई एउटा प्रेमीको रूपमा पाएको छु । यसलाई म ठुलो भन्दा ठुलो उपलब्धि मान्दछु, ठान्दछु ।
माग्दिन आकाशको जुन,धर्तीको सुन चाहिँदैन । जुनको ज्योति, न सगरको त्यो मोती । दिए पुग्छ जुनी भरको साथ एक अञ्जुली मायाको सागर । छोटो समयमै लामो यात्रा तय गरिसकेको छु।आज पनि भोलि पनि र अविरल अविराम सधै भरी म उसलाई निस्वार्थ प्रेम गर्ने छु ।
यी सबै कुराहरू म उसलाई हाम्रो त्यो पहिलो भेटमा भन्न चाहान्थे तर सकिन…….
उ सग बिताएका हरेकपलहरु साँच्चै मिठा थिए । आँखा भरिउन्जेल हेरिरहेँ जति हेरे पनि हेरिरहूँ जस्तो! लाग्ने॥
तर के गर्नु धेरै समय सँगै बस्न सकेनौ छुटिनु पर्यो।
अनि, फेरि भेटिने वाचा सहित बिदाइका हातहरू हल्लायौ……..!!
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया