प्रहरीले हराएको आईफोन र सुनको सिक्री धनीलाई बुझायो

सिन्धुलीमाढी। सिन्धुली प्रहरीले हराएको आई फोन सहित नगर र सामानहरू भेट्टाएर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
खोटाङ घर भई हाल जिल्ला सिन्धुली कमलामाई नगरपालिका २ कुसुम टार बस्ने अनिता थिङको बुधवार दिउँसो सिन्धुली बसपार्कमा हराएको झोला सहित उक्त झोलामा रहेको आई फोन प्रोम्याक्स- १५ सहित नगद रकम र सामानहरू भेट्टाएर सम्बन्धित धनीलाई फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

रोयल विजय किल्ला यातायातमा काम गर्ने नगरपालिका-६ बस्ने दिनेश तामाङले भेट्टाएका अनिताको झोला जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाएका थिए। उक्त झोलामा आईफोन प्रोम्याक्स-१५, दुई थान सुनको सिक्री, चाँदीको बाल १ थान, ४२ हजार नगद, १० डलर अमेरिकी, १ डलर युरो लगायत सामानहरू सामान धनीलाई हस्तान्तरण गरेको प्रहरीले जानकारी दिएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया