दोलखा भीमेश्वरको महाप्रसाद राष्ट्रपति पौडेललाई….

भीमेश्वरको “महाप्रसाद” राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । शनिवार दिउँसो भीमेश्वर मन्दिरको सिलामा आएको पसिना पुछेर राखेको कपास राष्ट्रपति पौडेललाई “महाप्रसाद”का रूपमा प्रदान गरिएको हो।
शिलामा आएको पसिना कपासले पुछ्ने र खाममा हालेर राष्ट्रपति सामु पुर्‍याउने चलन छ । आइतबार”महाप्रसाद”का रूपमा प्रदान गर्न भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारी,,जनप्रतिनिधि, गुठियारहरू सहितको टोली शीतल निवास पुगेका थिए। शनिवार दिउँसो १४ः७ बजेबाट भीमेश्वर शिलाको बायाँ भागबाट करिब ३ः५० बजेसम्म पसिना आएको थियो ।
त्यस लगत्तै दोस्रो पटक ४ बजेर ५ मिनेट देखि करिब ४ बजेर १५ मिनेटसम्म शिलाको शिरबाट पसिना आएको थियो ।
शिलामा पसिना आउँदा मुलुकमा ठुलो अनिष्ट वा सकारात्मक परिवर्तन हुने विश्वास गरिँदै आएको छ भने शिलालाई साक्षात् भविष्य सूचक मानिँदै आएको छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर