सिन्धुलीको बाघमारा जंगलबाट लागु औषध सहित ४ पक्राउ

सिन्धुली । प्रहरीले सिन्धुलीबाट लागु औषध सहित ४ जनालाई  पक्राउ गरेको छ ।  बिपी राजमार्ग सिन्धुली – भीमान खण्डको  बाघमाराबाट चार जना पक्राउ परेका हुन् ।

एक्सिप्लोन-१५ र विनक्रेक्स कप सिरप-१४ अवैध औषधी सहित कमलामाई नगरपालिका – ८ बाघमाराबाट  साउन ५ गते शनिवार चार जना  पक्राउ परेको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताए।

भीमान प्रहरीले चेकजाँच गर्ने क्रममा महोत्तरी औरही नगरपालिका -७ बस्ने अजय शाह, सिन्धुली कमलामाई नगरपालिका-७ माझिटार बस्ने दिलसन भनिने २० वर्षीय लोकविक्रम आले मगर,  चिसापानीको २३ वर्षको मिलन पाख्रिन र धुरा बजार बस्ने २७ वर्षीय  सौगात लामा १५ बोतल अवैध औषधी सहित उनी पक्राउ परेका थिए।

उनीहरूको  साथबाट स्पास्मो एक्सिप्लोन-१५ र विनक्रेक्स कप सिरप-१४ गरी १५ बोतल लागु औषध बरामद भएको थियो। सोधपुछ गर्दा आले मगर, पाख्रिन र लामाले लागु औषध सँगै पक्राउ परेका महोत्तरी औरही नगरपालिका -७ बस्ने २१ वर्षीय अजय शाहसँग खरिद गरेको बताएका थिए।

लागु औषध सहित उनीहरूले प्रयोग गरेको बा ९३ प ८८०८ र विआर ३० एम् १३११ नम्बरको दुई वटा  मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला अदालत सिन्धुलीमा ७ दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर