सिन्धुलीमा अटो दुर्घटनाः आमाको मृत्यु, दुई छोराछोरी घइते

सिन्धुली। सिन्धुलीमा अटो रिक्सा दुर्घटना एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ।
मध्यपहाडी लोक मार्गको खुर्कोट – घुर्मी खण्डको गोलन्जोर गाउँपालिका -३ ग्वाल्टार नजिकै कोप्रे भन्ने स्थानमा अटो रिक्सा दुर्घटना हुँदा एक जना महिलाको घटना स्थलमा नै मृत्यु छ।
खुर्कोटबाट सुलिभन्ज्याङ तर्फ जाँदै गरेको प्रदेश २-०२-००१-१३७१ नम्बरको अटो अनियन्त्रित भई सडक बाट करिब ५० मिटर तल बन्दिजोर खोलामा खसेर दुर्घटना हुँदा सिन्धुलीको कामालामाई नगरपालिका-१३ रानीबासकी ३३ वर्षीय मन्दिरा पौडेलको घटना स्थलमा नै मृत्यु भएको स्थानीय गौरब कार्कीले माईशिर डटकमलाई जानकारी दिए।
रानीबासबाट वितिजोर माइती हिँडेकी पाैडेल माइती नपुग्दै बीच बाटोमा नै अटो रिक्सा दुर्घटनामा मृत्यु भयो। उनको श्रीमान डण्डपाणी पौडेलको गतवर्ष हात्तीको आक्रमण बाट मृत्यु भएको थियो। आमा सँगै मावली हिँडेका मृतक पौडेलका ११ वर्षीय छोरा तीर्थराज पौडेल र ९ वर्षकी छोरी सबिना पौडेल घाइते रहेको ईलाका प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
त्यस्तै अटोमा सवार गोलन्जोर गाउँपालिका -२ बस्ने ६० वर्षीय शेरबहादुर सार्की, सोही स्थानका ५१ वर्षीय लोक बहादुर कार्की, गोलञ्जोर-६ बसने ४० वर्षकी राममाया तामाङ, गोलन्जोर-४ बस्ने सन्तोष तामाङ , गोलान्जोर -६ २१ वर्षीय एकमाया दमाई घाइते भएको र उनीहरुको सुनकोशी सामुदायीक अस्पताल खुर्कोटमा उपचार प्रहरीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया