सिन्धुलीमा १ वर्षमा २ सय ४६ जोडीले गरे सम्बन्ध विच्छेद

सिन्धुली ।सामाजिक परिवेशमा आएको परिवर्तनले नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ।  सिन्धुलीमा  एक वर्षमा २ सय ४६ जोडीले सम्बन्ध विच्छेद गरेको सिन्धुली अदालतको तथ्याङ्कले देखाएको छ।

सिन्धुलीमा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेदका लागि दर्ता भएका ३ सय ४१ मुद्दामा, २ सय ४६ फैसला भइसकेका छन् भने  ९५ फैसला हुन बाँकी रहेको छ । अदालतमा दर्ता भएको कुल ८ सय ३ मुद्दाको ४३ प्रतिशत (३ सय ४१) सम्बन्ध विच्छेद मुद्दा रहेको जिल्ला अदालत सिन्धुलीका श्रेष्तेदार विदुरप्रसाद कोइरालाले जानकारी दिए।

त्यस्तै, अदालतले एक वर्षमा ६१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ८ सय ३ र जिम्मेवारी सरी आएका ९ सय २४ गरी जम्मा १ हजार ७ सय २७ मुद्दा मध्ये १ हजार ६८ अर्थात् ६१ दशमलव ८४ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।

अदालतको विवरण अनुसार दर्ता भएको ६ सय ५९ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । । २ वर्ष नाघेको मुद्दा ४ सय ७५ थान रहेकोमा ३ सय ८२ थान मुद्दा फर्छ्यौट भई ९३ थान मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतले जनाएको छ । जबरजस्ती करणी मुद्दाको लगत ३०, फैसला ६, बाँकी २४, सवारी ज्यान मुद्दाको लगत २०, फैसला १२, बाँकी ८, त्यस्तै लागू औषध मुद्दाको लगत २६, फैसला १० बाँकी १६, घरेलु हिंसा मुद्दाको लगत १ रहेको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर