दुम्जाको कुशेश्वर विद्यापीठमा वृक्षारोपण

दुम्जा ।सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जामा रहेको कुशेश्वर विद्यापीठमा वृक्षारोपण गरिएको छ।
पानीपोखरी युवा क्लबले “रोपौँ यसपालि, आगौं हरियाली” भन्ने नाराका साथ वृक्षारोपण गरेको हो।
शनिवार कुशेश्वर विद्यापीठ मावि प्रांगण सहित दुम्जाका विभिन्न सार्वजनिक स्थान तथा वनमा करिब चार सय विभिन्न प्रजातिका बिरुवा रोपिएको पानीपोखरी युवा क्लबका अध्यक्ष रोशन तोलङ्गेले जानकारी दिए।
क्लबका अध्यक्ष तोलाङ्गेले वृक्षारोपणको सुरुवात र अगुवाइ क्लबले गरे पनि यसको संरक्षण रेखदेखमा सम्पूर्ण समुदायले समेत अपनत्व लिएर सहयोग गर्नुपर्ने दायित्व रहेको र त्यो साथ सहयोग पाउने कुरामा आफू विश्वस्त रहेको समेत बताए । साथै यो सुरुवात भएको र सुरुवाती कदम बाट धेरै कुरा सिक्ने अवसर समेत मिलेकोले आगामी वर्षहरूमा समेत यो कार्यलाई सुधार गर्दै निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
डिभिजन वन कार्यालय सिन्धुलीले निःशुल्क उपलब्ध गराएको बिरुवा सदरमुकाम देखी दुम्जासम्म ढुवानीको प्रबन्ध कुमारी बैंक लिमिटेड शाखा कार्यालय सिन्धुलीका शाखा प्रबन्धक एवम् स्थानीय सुबोध कोइरालाले गरेका थिए।
वृक्षारोपण कार्यक्रममा सुनकोशी गाउँपालिका-१ वडा अध्यक्ष रामकुमार श्रेष्ठ, कार्यपालिका सदस्य डेना कोइराला, कुशेश्वर विद्यापीठ माविका प्रधानाध्यापक विनोद कोइराला नेपाल रेडक्रस सोसाइटी कुशेश्वर दुम्जा उपशाखा सभापति रूपक श्रेष्ठ विभिन्न राजनीतिक दलका प्रतिनिधि क्लबका सदस्यहरू तथा स्थानीयको सहभागिता रहेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया