गरगहना चोरेको र किनेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका–२ मुनालमार्गस्थित जगदिश नेपालको कोठामा दिउँसै चोरी गरेको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालको कोठामा चोरी गर्ने र चोरी गरिएका सुनका गरगहना खरिद गर्ने दुई आरोपीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनका गरगहना चोरी गर्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका ४३ वर्षीय राजु तामाङ र खरिद गर्ने भोजपुर घर भइ गोकर्णेश्वर–७ बस्ने ५४ वर्षीया शारदा तिरुवा छिन् ।
राजुले नेपालको कोठामा पसी २३ असार दिउँसो २ बजेको समयमा चोरी गरेको आरोप छ । उनले सुनका विभिन्न गरगहना गरी ७ लाख १३ हजार ३८० रुपैयाँ बराबरको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया