नगरपालिकाले  कृषकलाई दियो कृषि औजार 

सिन्धुलीमाढी । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले  नगरभित्रका कृषकलाई कृषि औजार वितरण गरिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिकाले  आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कृषि यान्त्रीकरण वितरण साझेदारी कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि औजार वितरण गरेको हो ।
 नगरपालिकाले बुधवार नगरभित्रका ३१ जना कृषकलाई २२ थान मिनी टिलर, ३ थान पावर टिलर, ३ थान रिपर र ३ थान मल्टी क्राप प्रेसर वितरण गरिएको  कमलामाई नगरपालिकाका कृषि प्राविधिक सरोज फुयाँलले माईशिर डटकमलाई जानकारी दिए।
नगरपालिकाले विगत देखिनै कृषकलाई कृषि उपकरणहरू वितरण गर्दै आएको छ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर