बालमैत्री वडा बनाउन जनप्रतिनिधि र सञ्चारकर्मीहरूको सामूहिक घोषणा

सिन्धुलीमाढी। बालमैत्री स्थानीय शासन वडा बनाउन जनप्रतिनिधि र सञ्चारकर्मीहरूको सामूहिक घोषणा गरेका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका ६ लाई बालमैत्री स्थानीय शासन वडा बनाउनको लागि सामूहिक घोषणा गरेका हुन्।

कमलामाई नगरपालिका वडा नं ६ कार्यालयले बालमैत्री वडा वडा घोषणा पूर्व तयारीको बारेमा सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि र सञ्चारकर्मीहरूले मिलेर सामूहिक रूपमा असार मसान्त बालमैत्री वडा  घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की वडा अध्यक्ष उज्ज्वल कुमार थापा नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरि घिमिरे वडा सदस्य लगायत जिल्ला स्थित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

सिन्धुलीको सदरमुकाम समेत रहेको सिन्धुलीमाढी बजार कमलामाई नगरपालिका ६मा नै पर्दछ। यस वडा नं ६ लाई २०८१ असार मसान्तमा बालमैत्री वडा घोषणा गरिँदै छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर