दोलखाका सुरक्षाकर्मीले संसद भवनमा गरे गोली हानी आत्महत्या

काठमाण्डौ । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका दोलखाको मेलुङ घर भएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।

मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् ।

उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो । गोलेले आज बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । बिहान ड्यूटीमा बसेका अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए।

प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्यामा रहेको पाइएको प्रहरीको भनाई छ । यद्धपी, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर