चुरे संरक्षण दिवसमा मावि डकाहाको प्राङ्गणमा वृक्षारोपण

दशौँ चुरे संरक्षण दिवसको अवसरमा चुरे उत्थानशील आयोजना प्रदेश आयोजना व्यवस्थापन इकाई सिन्धुलीले सरस्वती मावि डकाहामा वृक्षारोपण गरेको छ ।
दुधौली ४ डकाहामा रहेको उक्त विद्यालयको प्राङ्गणमा भएको एक कार्यक्रममा विद्यार्थीहरूलाई चुरै संरक्षणको विषयमा जानकारी गराउँदै विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरेको आयोजना व्यवस्थापन इकाई सिन्धुलीले जनाएको छ ।
वृक्षारोपणमा धुपी , गुल्मवर र अशोक गरी ५० वटा बिरुवा रोपिएको थियो ।
विद्यार्थीहरूलाई वन जगंल,वनस्पति बोटबिरुवा र चुरे संरक्षणको बारेमा जानकारी दिएको थियो ।
 विद्यार्थीहरू जिज्ञासु हुने र उनीहरूले आफ्ना अभिभावकलाई सहज सचेत गराउने भएकाले चुरे संरक्षणका बारेमा जानकारी दिएको चुरे उत्थानशील आयोजना प्रदेश आयोजना व्यवस्थापन इकाई सिन्धुलीका प्रमुख राम बालक यादवले बताए ।
वन जगंल र चुरे विषयमा कक्षामा पढाई हुने भए पनि यसरी सम्बन्धित कार्यालय नै आएर विद्यार्थीहरूलाई सहजीकरण गराउँदा विद्यार्थीहरूले थप नयाँ कुराको सिकाई भएको विद्यालयका प्रधानाध्यापक लिल बहादुर श्रेष्ठले बताए ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर