यी हुन् नेकपा एमाले सिन्धुली जिल्ला कमिटीमा मनोनीत भएका २४ जना [नामावली सहित]

सिन्धुली।नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीको दोस्रो पूर्ण बैठक  एकै पटक  ठुलो संख्यामा जिल्ला कमिटी सदस्य मनोनीत गरेको छ ।सिन्धुलीमाढीमा असार १ र २ गते जिल्ला पार्टी कार्यालय आजाद स्मृति भवनमा बसेको पूर्ण कमिटीको  बैठकले २४ जनालाई जिल्ला कमिटीमा मनोनीत गरेको जनाएको हो ।

बैठकले निवर्तमान अध्यक्ष कुमारबहादुर कार्की (रामकुमार), निवर्तमान सचिव नारायण बराल, खड्ग रजन (धिरज), तीर्थ बराल, पूर्ण खत्री, रोमन राज गिरि (अशोक), हरि अधिकारी र राम बहादुर थिङ रहेका छन्।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराल, दुधौली नगरपालिकाकी पूर्व उपमेयर बाल कुमारी अधिकारी, दनुवार तीनपाटन गाउँपालिकाकी पूर्व उपाध्यक्ष पदममाया तामाङ, गोकर्ण दाहाल, राम कुमार भोलन र शम्भु कार्की  मनोनित गरिएको नेकपा एमाले सिन्धुलीका सहसचिव दीपेश बरालले माईशिर डटकमलाई जानकारी दिए।

त्यसै गरी सहसचिव बरालका अनुसार गोकुल श्रेष्ठ,राजकुमारी स्याङतान,  विमला काफ्ले, देवराज वाइबा, बालकृष्ण थापा, शंकर श्रेष्ठ, यादव क्षेत्री,  तुलसी दाहाल, गंगा कार्की  र नारणय बस्नेत मनोनित भएका छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर