सिन्धुलीका दाहाल एमाले बागमती प्रचार विभाग सचिव 

सिन्धुली । एमाले बागमती प्रदेश कमिटी प्रचार विभागको सचिवमा सिन्धुलीका प्रेम दाहाल चयन भएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा  दाहालले औपचारिक रपमा प्रचार विभागको सचिवको पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
प्रचार विभागको सचिव बनेका दाहाल प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य  तथा सिन्धुली जिल्ला इन्चार्ज समेत हुन्।
जनपक्षीय पत्रकारितामा क्रियाशील रहेका दाहालले यस अगाडि पनि विभिन्न सञ्चार सम्बद्ध संगठनहरुको नेतृत्व गर्नु भएको थियो । पार्टी विभागका बेला बलियो ढङ्गले नेकपा एमलेको पक्षमा उभिएका उनी  राजधानीका विभिन्न दैनिक तथा अनलाइनहरूमा  राजनीतिक टिप्पणी लेख्दै आएका छन् ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर