अत्यधिक गर्मीका कारण विद्यालय बन्द

सिन्धुली। केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सिन्धुलीको कमलामाई नगरपालिकाले विद्यालयमा बिदा दिइएको छ ।

सिन्धुली सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाले अत्यधिक गर्मी बढेका कारण सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले २०८० जेठ ३१ गते बिहीबार देखि असार ५ गते बुधबारसम्मका लागि बिदा दिएको कमलामाई नगरपालिकाका शिक्षा शाखा प्रमुख शंकरराज लुईंटेले जानकारी दिए ।

गर्मीका कारण पठनपाठनमा समस्या भएपछि गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको उनले बताए ।

कमलामाई नगरमा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू रहेका छन् ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर