समाचार प्रभाव: सिन्धुली अस्पतालले अपडेट गर्यो वेबसाइट

सिन्धुलीमाढी। सिन्धुली अस्पतालले वेबसाइट अपडेट गरेर आफ्नो कमजोरी सच्याएको छ । बिहीबार माईशिर डटकमले ‘अपडेट’ हुँदैनन् सिन्धुलीका सरकारी कार्यालयका वेबसाइट: बेकामे सूचना अधिकारी भन्दै समाचार प्रकाशित गरेसँगै सिन्धुली अस्पतालले त्यसलाई तत्काल आंशिक सुधार गरेको हो ।
यस अघि यसअघिको वेबसाइटमा सिन्धुली अस्पतालको परिचयमा जिल्ला आयुर्वेद केन्द्र मुगुको परिचय रहेको थियो ।अस्पतालले परिचय र स्थापना सच्याएको मात्र देखिन्छ। तर अस्पतालले अझै पनि अस्पतालबाट हुने सेवा प्रवाह, कर्मचारी विवरण, विभाग र सम्पर्क नम्बर अझै पनि सच्याएको छैन।
वेबसाइट सर्च गरिसकेपछि यस अघि देखिने स्क्रिन र कमजोरी सच्याएपछि देखिने स्क्रिन
तर यता अन्य अधिकांश कार्यालयहरूको वेबसाइट अझै उस्तै छन्। कुनै पनि तथ्याङ्क अपडेट भएका छैनन्।
यो पनि पढ्नुसः
‘अपडेट’ हुँदैनन् सिन्धुलीका सरकारी कार्यालयका वेबसाइट: बेकामे सूचना अधिकारी
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया