रानीबासमा जग्गा धनीहरूको पुर्जा वितरण
 
 													सिन्धुली। कमलामाई नगरपालिका २३ जनालाई (गाउँ ब्लक भित्र ) जग्गा धनी पुर्जा वितरण गरिएको छ।
कमलामाई नगरपालिका १३  माथिल्लो रानीबासका २३ परिवारलाई नापी कार्यालयको सिन्धुलीको आयोजनामा गाउँ ब्लक भित्र तर्फको जग्गा धनीहरूलाई  पुर्जा वितरण गरिएको हो।
कार्यक्रममा  कमलामाई नगरपालिका उपमेयर मञ्जु देवकोटाले पुर्जा वितरण कार्य नगरपालिकाको प्राथमिकतामा रहेको बताइन्। उनले भनिन् हामी यस कार्यमा अझैअघि बढ्छौँ।  नेपाली काँग्रेसका नेता उज्ज्वल बरालले आज लालपुर्जा प्राप्त गर्दा आफू नि अत्यन्त हर्षित भएको उनले  बताइन्।
त्यसै गरी वडा नं १३ का वडा अध्यक्ष केशर बहादुर कार्कीले आफ्नो वडाबाट जग्गा धनीहरूको प्रमाण पुर्जा वितरण गर्ने कुरा वाट आफू उत्साहित भएको बताए। उनले पुर्जा वितरण कार्यमा सहयोग पुर्याउने सवैमा धन्यवाद समेत दिए।
यता नापी कार्यालयको सिन्धुलीका प्रमुख सरोज बहादुर श्रेष्ठले जग्गा धनी पुर्जा वितरण कार्यलाई अझ प्रभावकारी बनाएर अघि बढाइने भएकोले सबैबाट सहयोगको अपेक्षा रहेको बताए ।
आज ३२ जना व्यक्तिहरू मध्ये उपस्थित २३ जनालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको कमलामाई इकाई प्रमुख मुकेश तामाङले बताए ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
								
 © माईशिर डटकम
							

 यो साता चर्चामा :
                                यो साता चर्चामा :
                            
 
 											 
 											 
 											 
 											 
 											 
  
  
 
फेसबुक प्रतिक्रिया