पुलको फर्मा पल्टिदा ४ घाइते

सिन्धुली। निर्माण भइरहेको पुलको फर्मा पल्टिदा ४ जना घाइते भएका छन् ।
हरिहरपुरगढी गाउँपालिका ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको पक्की पुलको फर्मा पल्टिँदा ४ जना कामदार घाइते भएका हुन् ।
फर्मा पल्टेर घाइते हुनेमा पर्सा बहुदमाही नगरपालिका ५ का ३३ वर्षका मनोज महतो, सोही ठाउँका ४५ वर्षका विनोद महतो, ४५ वर्षका अमलदेव महतो र हरिहरपुरगढी गाउँपालिका ७ का ५० वर्षका मदन घलान रहेका छन्।
घाइते भएका मनोजको दायाँ हातमा र विनोदको ढाडमा चोट लागेको छ भने अमलदेव र मदनको घुँडामा चोट लागेको छ। उनीहरूलाई उपचारको लागि उपचारका लागी नारायणी अस्पताल बिरगंन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया