नेपाली खानाको प्रचार गर्दै, तीन युवा सात महादेशका सात शिखरमा

नेपाली राष्ट्रिय खानालाई विश्वभरि प्रवर्धन गर्ने असाधारण प्रयासमा तीन जना युवाले सात वट महादेशका उच्च शिखरहरूको यात्रा सुरु गरेका छन्।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर मे २९ ( जेठ १६ गते) देखि उत्तर अमेरिकाको उच्च शिखर माउन्ट डेनालीबाट यात्रा सुरु भएको हो।

टोलीमा क्यालिफोर्नियाका प्रख्यात सेफ सुरेश बस्नेत ‘फुड गुरु’ , भर्जिनियाका रेस्टुरेन्ट उद्यमी र पाककलाका कलाकार राम थापा, र  न्यूयोर्कमा रहेका सिन्धुलीका नेपाली अर्थात् अमेरिकी पर्यटन पत्रकार संजोक आचार्य समेत सहभागी छन्।

उनीहरूले एन्कोरेजमा सात शिखर हिमालयन फुड फेस्टिभलको आयोजना गर्दै स्थानीय समुदायसँग अन्तरक्रिया गरेर दश वटा परम्परागत नेपाली परिकारहरू प्रदर्शन गरे। यस फेस्टिभलको उद्देश्य नेपाली खानालाई परिचित गराउनु र लोकप्रिय बनाउनु हो। जसमा ढिँडो, गुन्द्रुक, सु चिया, मःमः, थेन्डुक, रेल्डोक, टिंगमो, र ढिंड रोटी जस्ता परिकार समावेश थिए।

आफ्नो प्रवर्द्धनात्मक गतिविधिहरूको अंशको रूपमा, उनीहरूले माउन्ट डेनालीको शिखरमा नेपाली खानाको प्रतीक रहेको ब्यानर बोकेका बोकेका छन्। यात्रामा सहभागी पत्रकार संजोक आचार्यले यो पहलको महत्त्वलाई जोड दिँदै भने,  ×अब नेपाली भोजनलाई विश्वभरि प्रवर्धन गर्ने समय आएको छ।”

अलास्कामा आफ्नो सफल कार्यक्रमपछि, टोलीले प्रत्येक महादेशका उच्च शिखरहरूमा आफ्नो यात्रा जारी राख्ने योजना बनाएको छ।उनीहरूले अर्जेन्टिनामा रहेको अकोनकागुआ, अस्ट्रेलियाको माउन्ट कोसिस्को, तान्जानिया माउन्ट किलिमञ्जारो, रुसको माउन्ट एल्ब्रस, नेपालको सगरमाथा र अन्टार्कटिकाको  भिन्सन म्यासिफ हिमालयन शिखर पुगेर नपाली राष्ट्रिय खानाको प्रचार  गरिने पत्रकार आचार्यले जानकारी दिए।

आचार्यले भने,  “हाम्रो लक्ष्य नेपाली राष्ट्रिय भोजनलाई प्रवर्धन गर्नु हो, जुन हिमालय क्षेत्रमा अत्यन्त प्रशंसनीय छ। यस महत्त्वाकाङ्क्षी अभियानले नेपाली खानालाई मात्र उत्सव मनाउने लक्ष्य राख्दैन, यसले विश्वव्यापी खानाका पारखीहरूलाई नेपालको पाक संस्कृतिको महत्त्वको प्रसार गर्ने लक्ष्य पनि राख्दछ।”


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर