सिन्धुलीका बासु क्षितिज कार्टुनिष्ट क्लबकाे अध्यक्षमा दोेहाेरिए

काठमाडौं । नेपाल पत्रकार महासंघको एसाेसिएट संस्था कार्टुनिष्ट क्लब नेपालकाे अध्यक्षमा सिन्धुलीका बासु क्षितिज निर्वाचित भएका छन् ।
आइतबार काठमाडौं क्लबकाे अधिवेशनले अन्नपूर्णपोस्ट्मा कार्यरत सिन्धुलीको गोलन्जोर गाउँपालिका -५ विजयछापका बासु क्षितितलाई दाेस्राे पटक सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हाे ।
क्लबले सबै पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । क्लबकाे उपाध्यक्षमा रवी मिश्र चयन भएका छन् । यसअघि उनी महासचिव थिए ।
यसैगरी महासचिवमा रवीन्द्र मानन्धर, सचिवमा भानु भट्टराई र काेषाध्यक्षमा सुजिता महर्जन निर्वाचित हुँदा सदस्यहरुमा दिनेश प्रधान, सानुराज डंगोल, पल्पसा मानन्धर, उमेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य भने पछि मनाेनित हुने क्लबले जनाएको छ ।
क्लबले नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा अविन श्रेष्ठ र प्रदेश परिषद सदस्यमा केशवराज खनाल, सागर शाह र राजेश केसीलाई निर्वाचित गरेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया