बैंक हाँक्ने सिन्धुलीयन युवाहरू

करिब डेढ दर्जनको सङ्ख्यामा वाणिज्य तथा विकास बैंकहरुको शाखा सदरमुकाम सिन्धुलीमाढीमा सञ्चालनमा रहेका छन् । यी बैंकका शाखाहरूमा मध्य धेरैको नेतृत्व सिन्धुलीयन युवाले गरिरहेका छन्।
सदरमुकाम सिन्धुलीमाढीमा रहेका ७ वटा बैंकका शाखाहरूमा सिन्धुलीयन युवाले शाखा प्रमुखको रूपमा रहेका छन् । सिन्धुलीमाढी शाखा रहेका बैंकहरु मध्ये सिद्धार्थ बैंक, कुमारी बैंक, प्राइम बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र राष्ट्रिय सहकारी बैंकमा सिन्धुलीयन शाखा प्रमुख रहेका छन् ।

यी बाहेक सिन्धुलीमा शाखा रहेका बैंकहरु ग्लोबल आईएमई बैंक, सिटिजन बैंक, लक्ष्मी सनराईज बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एसबिआई बैंक, एनआईसी एसिया बैंक र ज्योती विकास बैंक मात्र सिन्धुलीयन बाहेकका शाखा प्रमुखहरू रहेका छन् ।

सिन्धुलीमा रहेका ३१ वटा शाखा बैंकहरु मध्ये १२ वटामा सिन्धुलीयन युवाले जिम्मेवारी सम्हाल्दै आएका छन् । सिद्धार्थ बैंक दान बहादुर कार्की (कुमार), हिमालयन बैंक मनोज श्रेष्ठ, कुमारी बैंक सुबोध कोइराला, प्रभु बैंक राधिका श्रेष्ठ, प्राइम बैंक रामकुमार श्रेष्ठ र मुक्तिनाथ विकास बैक देवी पहाडी र राष्ट्रिय सहकारी बैंक मिनिता पौडेलले शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।

त्यसै गरी सदरमुकाम बाहिर रहेका कुमारी बैंक खुर्कोटमा सुवास थापा, इन्भेष्टमेन्ट मेगा बैंकमा शैलेन्द्र शर्मा , फिक्कल गाउँपालिका खाङ्साङ्गमा रहेको प्राईम बैंकमा जनकण्ठ श्रेष्ठ, तीनपाटन गाउँपालिका चकमके रहेको ग्लोबल आईएमई बैंकमा विष्णु राउत, दुधौली सिद्धार्थ बैंक पशुपती विक्रम थापाले सम्हालेका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया