ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटना

सिन्धुलीमाढी। बैंकका कर्मचारी सवार बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा दुर्घटना भएको छ ।
बर्दिवासबाट ग्लोबल आईएमई बैंकका कर्मचारी लिएर बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ हिडेको वाग्मती प्रदेश ०१०-०१-१७३२ बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई सुनकोसी समुदायीक अस्पताल खुर्कोटमा प्राथामिक उपचार गरि धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए।
डीएसपी खड्काको अनुसार बसमा २८ जना सवार रहेको र उनीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार गरेका थिए। भने बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया